बिडिसिए कप: याैङगस्टारले पाटन भ्यालीलाई हरायाे,मंगेश चम्किए

बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगितामा याैङगस्टार क्रिकेट क्लब,मेलाैलीले विजयी सुरूवात गरेकाे छ।

आज सम्पन्न खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्दै याैङगस्टारले सुखद सुरूवात गरेकाे हाे ।

जितका लागि पाएकाे १८६ रनकाे लक्ष्य पछ्याएकाे भ्याली २२.५ ओभरमा १३१ रनमा समेटियाे। उसका पारस विष्टले अविजित ३५ रन जाेडेपनि हार टार्न सकेनन् ।

याैङगस्टारका मंगेश दयालले ४ विकेट हात पारे ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे याैङगस्टारले २५ ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनायाे। जसमा बुद्धिमान विष्टले ५२ रनकाे याेगदान गरे।
पाटनका टेक जाेशीले ३ विकेट हात पारे।

याैङगस्टारका मंगेश दयाल खेलका म्यान अफ द म्याच चुनिए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर ११ गतेदेखि जारी प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!