नवनिर्मित जिल्ला समन्वय समितिको सभा भवन उद्घाटन

बैतडी:
बैतडी जिल्ला सदरमुकाम गढी (टुडिखेलमा) नवनिर्मित सभा भवनको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति, बैतडीको उक्त भवनका आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

नवनिर्मित उक्त भवनको जिल्ला समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीले उद्घाटन गुर्नभयो ।

अपाङ्गमैत्री समेत रहेको सभा भवनबाट जिल्ला समन्वय समितिले सेवा समेत दिने छ । भवनमा एउटा सुविधासम्पन्न सभाहल समेत रहेको जिल्ला समन्वय समिति सदस्य प्रेम सिंह भाटले बताउनुभयो ।
दुई सय जना सम्मको बैठक तथा कार्यक्रम गर्न सकिने भवन रहेको उद्घाटन समारोहमा सहमागि सरोकारवालाहरुले जिल्लामा उक्त सभाहलले विभिन्न कार्यक्रम तथा गोष्ठिहरु गर्न सहज हुने बताएका छन् ।

वि स २०७४ ठेक्का भएको भवन निर्माण व्यवसायीको लापर्वाहीले अलपत्र थियो एक वर्ष अघि ठेक्का रद्ध गरी रि–टेन्डर गरेर भवन निर्माण गरिएको हो । दोश्रो पटक ठेक्का पाएको ध्वनीमाई भगवती निर्माण सेवाले समयमै निर्माण कार्य सम्पन्न गरि समन्वय समितिलाई हस्तान्तरण गरेको हो ।

अबका दिनमा सरकारी तथा गैरसरकारी स्तरका खुला कार्यक्रम गर्न र समुन्वय समितिको सेवा प्रभावहमा समेत भवनले सहयोग पुग्ने प्रमुख धामीको उहाँको भनाई छ ।

भवन अपाङ्गमैत्री भएकाले पनि फरक क्षमता भएका व्यक्तिहरुले पनि सहज रुपमा आवत–जावत गर्न सक्नेछन् । सरकारीस्तरबाट निर्माण हुने संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा सहभागीहरुले जोड समेत दिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!