बैतडी: नाबालिक बलात्कारको आराेपमा एक जना पक्राउ

बैतडी:नाबालिक   बलात्कारको आराेपमा बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका ७ का २४ वर्षीय रोशन सिंह रावतलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । 

१३ बर्षीया नाबालिकमाथि रावतले जबरजस्तीकरणी गर्न खोजेको आरोप लागेको छ । बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा रावतलाई पक्राउ गरि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको छ । 

जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर रावत माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!