सुनकाे मूल्य एकैदिन १६ हजार घट्याे,यस्तो छ कारण

काठमाडौं: नेपालका सूनकाे मूल्य ह्वात्तै घटेकाे छ। सुनको मूल्य तोलामा आज एकैदिन करिब १६ हजार रूपैयाँ घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १५ हजार ९०० रुपैयाँ घटेको छ। 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । 

मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको जनाएको छ।

यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आजदेखि कार्यान्वयनमा गएको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!