बैतडी: ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
बैतडीको पाटन नगरपालिका वडा नं. ९ मा २०८१ साल जेठ १५ गतेका दिन प्रथम भेलाबाट तदर्थ समिति गठन गरि २०८१ असार २७ गते पाटन नगरपालिकामा दर्ता भएको उक्त सहकारीमा हाल सम्म १३५ जना महिला र १५० जना पुरुष गरेर २८५ जना शेयर सदस्य रहेका छन् ।
तदर्थ समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा संचालन गरिएको उक्त अधिवेशनमा हाल सम्म २६ लाख ५ हजार ५ सय बराबरको शेयर विक्रि गरिएको जनाएको छ ।
यसै आर्थिक वर्ष देखी नियमित बचत गर्ने गरेको उक्त सहकारीले नियमित बचत र बाल बचत गरेर २ लाख ३४ हजार ५ सय ९० रुपयाको बचत संकलन गरेको सहकारीका व्यवस्थापक मदन सिंह भाटले बताउनुभएको छ ।
आज भएको अधिवेशनबाट सहकारीको विनियम २०८१ को परिच्छेद ६ को दफा ३२ (क) अनुसार प्रेम सिंह भाटको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति गठन गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण सिंह भाट, उपाध्यक्षमा शंकर दत्त भट्ट, महासचिवमा धन बहादुर महरा, सचिवमा केशब बहादुर चन्द, कोषाध्यक्षमा हिरा भाट सहित सदस्य क्रमश केशबराज भट्ट, असोक सिंह महरा, रामलाल वि.क., धन सिंह भण्डारी, लक्ष्मी बिष्ट भण्डारी, गणेश दत्त भट्ट, लक्ष्मी बिष्ट भाट, भाना भाट र पार्वती भाट रहेका छन् ।
यस्तै सहकारीकै अन्य उप समिति पनि गठन गरिएका छनु । कृष्ण सिंह महराको संयोजकत्वमा ५ सदस्यीय सहकारी शिक्षा समिति, कृष्ण सिंह भाटको संयोजकत्वमा ३ सदसिय ऋण परिचालन समिति, अर्जुन सिंह बिष्टको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र वडा अध्यक्ष कालु सिंह भाटको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको अध्यक्ष प्रेम सिंह भाटले बताउनु भएको छ ।
शेयर सदस्य र नियमत बचत बाट संकलन गरिएको रकम मध्ये २७ लाख ४० हजार ऋण परिचालन गरेको सहकारीका सह ब्यवस्थापक लक्ष्मी बिष्ट भण्डारीले बताउन भयो ।
पाटन नगरपालिका वडा नं. ३, ८ र ९ कार्य क्षेत्र बनाई दर्ता गरिएको उक्त सहकारीले अब पालिका भरिनै कार्य क्षेत्र बिस्तारका लागि भोलाबाट निर्णय गरेको सहकारीको बरिष्ठ उपाध्यक्ष कृष्ण सिंह भाटले बताउन भएको छ ।
आफ्नै गाउँघरमा स्थापना गरिएको सहकारीले सहुलियत दरमा ऋण उपलब्ध गराई आय आर्जनका कार्यगर्नमा टेवा पुगेको ऋणकहरुले बताएका छन ।
स्थापना समयको छोटो अवधिमा नै धेरै शेयर विक्रिगर्न सफल भएको यस सहकारी प्रति आम नागरिकहरुको समेत चासो बढेको सहभागिहरुले बताएका छन् ।

