कैलाली यू-१६ ईन्टर स्कुल क्रिकेट शुरू: मणिलेक र वेस्टर्न विजयी

बैतडी:धनगढीमा शुरू कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा पहिलाे दिन मणिलेक ईन्टरनेशनल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी विजयी भएका छन् । उद्घाटन खेलमा मणिलेकले सत्यवती एकेडेमीमाथि ७ विकेटको जित निकाल्याे।
जितका लागि पाएकाे ५७ रनकाे झिनाे लक्ष्य मणिलेकले ६.३ ओभरमा ३ विकेटको क्षति पूरा गर्याे। जसमा निश्चल क्षेत्रीले अविजित ३० रनकाे याेगदान गरे। उनी खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेकाे सत्यवती १३.१ ओभरमा ५६ रनमा समेटियो । उसका अमन कडायतले सर्वाधिक १४ रन बनाएपनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । मणिलेकका राजेश ठगुन्नाले ३ विकेट लिए।
यस्तै अर्काे खेलमा खेलका कैलाली माेडेल स्कुललाई २०६ रनकाे भारी अन्तरले हराउदै वेस्टर्नले सुखद सुरूवात गरेकाे छ ।
वेस्टर्नले दिएकाे २३७ रनकाे विशाल लक्ष्य पछ्याएकाे माेडेल स्कुल ८ ओभरमा ३० रनमा अलआउट भयाे। उसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । वेस्टर्नका लागि सन्देश पाैडेल र दीपक कुडमलले ४/४ विकेट झारे।
यसअघि पहिला ब्याटिङ गरेकाे वेस्टर्नले १५ ओभरमा २ विकेटको क्षतिमा २३६ रन हिर्कायाे। जसमा म्यान अफ द म्याच समेत भएका शंकर बाेहराले शतकीय पारी खेल्दै ११९ रन बनाए। यस्तै आकाश चाैधरी अविजित ८२ रन जाेडे। यी दुबै ब्याटरले १६८ रनकाे ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरूवात दिलाए।

यसअघि प्रतियोगिताकाे एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको आयाेजक कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।
प्रतियोगिताकाे उद्घाटन फाप्ला अन्र्तराष्ट्रिय खेल ग्राम पूर्वाधार विकास परियोजनाका अध्यक्ष सुवास विक्रम शाहीले गर्नुभयो । उद्घाटन कार्यक्रममा कैलाली जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष रतन कठायत, सु.प.क्रिकेट विकास समितिका सदस्य वावुराजा श्रेष्ठ, सु.प.क्रिकेट विकास समितिका छनौट समितिका प्रमुख दिपेन्द्र भण्डारी, कैलाली जिल्ला क्रिकेट संघका सचिव देव नारायण झा, कोषाध्यक्ष बिनोद लामा सदस्यहरु लोक बहादुर खड्का, दिनेश मह्रर्जन , पदम बहादुर सिंह, ज्ञानेनद्र छेत्री , सुप क्रीकेट का छनोट सदस्य महेश अधिकारी, स्कोरर नूरैन अन्सारी सम्पूर्ण पदाधिकारी एवम सदस्यज्यूहरु, खेल पत्रकार, जिल्ला क्रिकेट संघका प्राविधिकहरु, खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा शुरू भएकाे प्रतियोगिता जेष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!