काठमाडौं: काठमाडौंकाे सुन्धारामा रहेकाे धरहरा यही मंसिर ९ गते (आइतबार)देखि सर्वसाधारणले चढ्न पाइने भएको छ।
मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सञ्चालन गर्न स्वीकृति दिएसंगै निर्णय धरहरा चढ्न पाइने भएकाे हाे ।
यसअघि नि:शुल्क रूपमा चढ्न पाइने धरहरा अबदेखि भने पैसा तिरेर चढ्नुपर्नेछ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्करूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
शुल्क भने निर्धारण हुन बाँकी छ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ।
