साफ च्याम्पियनसिप बंगलादेश र भारतमा हुने

काठमाडौं: साफ महिला यु–२० च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।

साफ प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले प्रतियोगिता आगामी फेब्रुअरी ११ देखि १९ सम्म बंगलादेशमा गर्ने निर्णय गरेको हो।

पछिल्लो संस्करणमा भारत र बंगलादेश संयुक्त रूपमा विजेता भएका थिए।

त्यसैगरी बैठकले साफ पुरुष यु–१९ च्याम्पियनसिप २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म भारतमा गर्ने निर्णय पनि गरेको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!