नेपाल र कर्नाटकबीचको निर्णायक खेल भोलि कीर्तिपुरमा हुने

काठमाडौं: एसीसी पुरुष यू १९ एसिया कपको तयारीस्वरूप नेपालले खेलिरहेको कर्नाटक यू १९ संगको पाँच खेलको एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेल भोलि बिहीबार हुँदैछ ।

उक्त खेल त्रिभुवन विश्वविद्यालयको खेलमैदान कीर्तिपुरमा हुनेछ ।

यसअघि मूलपानीमा भएका चारवटा खेलमध्ये दुई खेल नेपाल र दुई कर्नाटकले जितेपछि बराबरीमा पुगेपछि निर्णायक तथा अन्तिम खेल बिहीबार हुन लागेको हो ।

यो अभ्यास सिरिजपछि नेपाली यु १९ एसिया कपमा सहभागी हुन नेपाली टोली युएई जानेछ ।

एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा ८ राष्ट्रको सहभागीता हुँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।

नेपाली यु १९ क्रिकेट टोली:-

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!