विद्युतीय जोखिम हटाउन नाङ्गो तार बिस्थापित गरिदैं

बैतडी: विद्युतीय जोखिम हटाउन बैतडीमा नाङ्गो तार बिस्थापित गर्ने कार्य चलिरहेको छ । यहाँका मुख्य बजार क्षेत्रमा नाङ्गो तार हटाउन सुरु गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको पाटन बजारबाट नाङ्गो तार हटाएर कालो तार बिस्तारको काम गरिएको छ । यस्तै अब खोड्पे बजार, पाटन बजार, देहिमाण्डौ, खोचलेक र सदरमुकामको गोठलापानी बजार क्षेत्रको नाङगो तार हटाउन थालिनेछ । नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेकाले सरकारले सुरुवातमा बजार क्षेत्रका तारहरु हटाउन थालेको हो ।

उहाँले भन्नुभयो,“ सिस्टम अपग्रेड र विद्युतीय सुरक्षाका लागि नाङ्गो तार हटाउन थालिएको हो । ”

बैतडी लगायत देशभर बिद्युतको नाङ्गो तारमा छुदाँ करेन्ट लागेर मृत्यु भएका घटनाहरु आएरहेका हुँदा नाङ्गो तार हटाउन सुरु गरिएको हो । कालो तार पाईप जस्तै भएकाले करेन्ट नलाग्ने खालको हो । नयाँ बिद्युत विस्तार भन्दा केही चुनौती रहेकाले पाटन बजारबाट कालोतारबाट बिद्युत प्रवाह गर्ने काम अगाडी बढेको केन्द्र प्रमुख पौडेलले बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका तारले बैतडीका बजार क्षेत्रमा अव्यवस्थित छन् । बजारको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका बजारका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको वितरण केन्द्रले जनाएको छ ।

यसैबीच समयमा महसुल नबुझाउने ग्राहकको लाइन समेत काट्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!