अर्जेन्टिना विश्वकपका लागि छनोट

काठमाडौं: फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको छ।

यो जितले लियोनल मेसीको टोलीले अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को विश्वकपमा स्थान पक्का गरेको छ।

जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको कम्तीमा पनि छैठौं स्थानभन्दा माथि रहने निश्चित भएको हो। यस क्षेत्रबाट ६ टोली विश्वकपमा छनोट हुने भएकाले साविक विजेता अर्जेन्टिना २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ।

ब्यूनस आयर्समा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रमा बल क्रस गर्दै मार्टिनेजलाई अवसर श्रृजना गरेका थिए।

इन्टर मिलान स्ट्राइकर मार्टिनेजलका लागि यो ३२ औं अन्तर्राष्ट्रिय गोल हो। यससँगै मार्टिनेजले अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको स्कोरिङ चार्टमा महान फुटबलर डिएगो माराडोनासँग बराबरी गरेका छन्। दुवै खेलाडी यस सूचीको पाँचौ स्थानमा छन्।

यस जितसँगै अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। यो हारले पेरु सात अंकसहित राउण्ड रोबिन प्रतियोगिताको पुछारबाट माथि निस्कन सकेन।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!