बैतडीमा मेनेजर तेजबहादुर चन्द स्मृति भलिबलको तयारी

बैतडी: बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार उक्त प्रतियोगिता आगामी फागुनमा हुनेछ । प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाएको छ ।

प्रतियोगिताको मिति र पुरस्कार रकम चाडैं नै सार्वजनिक गर्ने ट्रष्टका सचिव चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ गतबिगतका वर्षहरुको भन्दा बढी पुरुस्कार रकम राख्छौं, राष्ट्रियस्तरका प्रतियोगितासंग नजुध्ने गरेर मिति घोषणा गर्छौ।”

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौली नगरपालिकाले जितेको थियो । सो प्रतियोगिताको उपाधि विजेता मेलौलीले १ लाख २५ हजार ,उपविजेता दशरथचन्दले ७५ हजार पुरस्कार पाएको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!