कोलकता आईपीएल क्रिकेटको प्लेअफमा,मुम्बई पराजित

काठमाडौं: कोलकता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल)काे प्लेअफमा पुगेकाे छ। गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै कोलकता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हाे। 

जितका लागि पाएकाे १५८ रनको लक्ष्य पछ्याएकाे मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो। मुम्बईका ओपनर इशन किसनले सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन जोडे।  रोहित शर्माले १९ तथा नमन धिरले १७ रन बनाए। 
कोलकताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २/२ विकेट लिँदा सुनिल नरिनले १ विकेट लिए।
यसअघि इडेन गार्डेनमा वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। 
कोलकताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए। नितिश रानाले ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे।
मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले २-२ विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले १/१ विकेट लिए।
जीत पछि शीर्ष स्थानमा रहेको कोलकताको १२ खेलमा १८ अंकसहित प्लेअफमा पुगेकाे छ। पराजित मुम्बईको भने १३ खेल खेल्दै ८ अंक मात्र छ। मुम्बई यसअघि नै बाहिरिसकेकाे छ।
 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!