बैतडी: सुख्खा पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग १६ घण्टापछि सुचारु भएको छ ।
बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार साँझ ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अबरुद्ध बनेको थियो ।
डिभिजन सडक कार्यालयबाट आएका ३ वटा स्काभेटरले पहिरो पन्छाएपछि सोमबार बिहान १० बजेपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
राजमार्गको घुम्ती सुधारको क्रममा माथिबाट खसेको सुख्खा पहिराले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
प्रहरी र प्राविधिक टोलीले आइतबार राति स्थलगत निरीक्षण गरेको र रातिको समयमा पहिरो पन्छाउन सकिने अवस्था नदेखिएपछि सोमबार बिहानदेखि पहिरो पन्छाउने काम थालिएको हो ।
राजमार्ग सुचारु भएसंगै बिचबाटोमै रोकिएका लामो तथा छोटो दुरीका सवारीसाधन आ आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
