बन्दुक देखाउने दुई जना पक्राउ, एकजना मृत फेला

बैतडी: बन्दुक देखाएर तर्साउने दुई जनालाई प्रहरीले बैतडीबाट पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

रातिको समयमा मादक पदार्थ सेवन गरेर स्थानीयलाई त्रसित पारेको आरोपमा उनीहरूलाई पक्राउ गरेकाे हाे।
उनीहरूकाे साथबाट भरुवा बन्दुक समेत बरामद गरिएको छ।
पक्राउ परेका दुबैजनामाथि आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
यसैबीच जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ सार्कीटोलका ६० वर्षीय मोहनराम भुल मृत अवस्थामा फेला परेका छन्।

कार्तिक ३० गतेदेखि हराइरहेका भुल घरबाट झण्डै दुई किलोमिटर टाढा रहेको खनेटा भीरमा फेला परेका हुन्। घरबाट कसैलाई जानकारी नदिइ निस्केका भुलको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!