दार्चुला जिप दुर्घटना: मृतककाे संख्या आठ पुग्याे,घाइतेको हेलिकप्टरबाट उद्धार

बैतडी: दार्चुलामा जिप दुर्घटना हुँदा मृत्युु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर-५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकै श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका-५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय विरेन्द्र बोहराको मृत्यु भएको हो ।

मृतक दुई जना भने भारतीय नागरिक छन् । डीएसपी दाहालका अनुसार युपी बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ । विरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै घाइते चार जनाको नेपाली सेना हेलिकप्टरबाट उद्घार गरि धनगढीमा उपचार भइरहेको छ।
जिप चालक सुनिल जोशी,डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी लगिएको हो ।

आज बिहान शैल्यशिखर नगरपालिका -५ ग्वानीमा बिहान ४ बजे म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप हो । जिपमा तिर्थालु सवार थिए ।
घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच जिप दुर्घटना हुँदा दार्चुला जिल्ला शाेकमा डुबेकाे छ।

जात्रा हरेर फर्किरहेका दर्शनार्थी बाेकेकाे जिप दुर्घटनामा परेर आठ जनाकाे मृत्यु भएपछि दार्चुला जिल्ला शाेकमा डुबेकाे स्थानीय पुर्ण साउँदले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!