बैतडी:दार्चुलामा जीप दुर्घटना परि घाइते भएकाहरूको उद्घारकाे हेलिकप्टर बाेलाइएकाे छ।
दुर्घटनामा परेर सिकिस्त भएकाहरूकाे थप उपचारकाे लागि रेफर गर्न हेलिकप्टर बाेलाइएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशीले कुशलखबरलाई जानकारी दिनुभयाे।
उहाँले भन्नुभयाे,”दुर्घटनामा परेर छ जना घाइते भएका छन् । जसमध्ये ४ जनाकाे अवस्था सिकिस्त छ।उनीहरूकाे थप उपचारकाे लागि रेफर गर्न सुर्खेतबाट नेपाली सेनाकाे हेलिकप्टर बाेलाइएकाे छ।”
शुक्रबार बिहान ४ बजे मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको (बन्दबोडी) जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका ५ ग्वानिको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको हाे। जीपमा सवार सबै मालिकार्जुन मन्दिरमा दर्शन गरेर फर्किरहेका थिए।
दुर्घटनामा ६ जनाको मृत्यु भएको अन्य ६ जना घाइते भएका छन्। मृतक र घाइतेहरूकाे पहिचान हुन बाँकी रहेकाे छ।
घाइते भएकाहरूलाई गोकुलेश्वर अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
