बैतडी:बैतडीको पाटन नगरपालिका ३ रहेको बनारसी धामको विश्वनाथ ज्याेतिर्लिङ्ग मन्दिरमा ताेडफाेड र चाेरी भएको छ।
मन्दिरमा ताेडफाेड र चाेरी गरेर करिब छ लाख बराबरको क्षति भएकाे जनाएको छ।
मन्दिरमा चढाइएकाे सुन, दानपेटिका, शंख,घन्टसहित आरती,घन्ट, कलस,श्रृङ्गारपाेशाक, पुस्तक, पुजासामग्रीलगायतका सामानहरु चोरी भएको मन्दिर व्यवस्थापन समितिका काेषाध्यक्ष गणेश दत्त पन्तले जानकारी दिनुभयाे।
बुधबार राति मन्दिरमा चोरी भएको भन्दै व्यवस्थापन समितिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा निवेदन समेत दिएकाे छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक राजेन्द्र साउँदले मन्दिरमा भएको चोरीको बिषयमा निवेदन आएको र अनुसन्धान अघि बढाइएको बताउनुभयाे।
