धनगढी:कैलालीको धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ ।
बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिनुभयाे।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।
तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालयका प्रमुखका रूपमा प्रहरी निरीक्षक योगेश खत्री आएपछि यहाँ जुवातास र लागू औषध नियन्त्रण अभियान सञ्चालनमा छ।
