काठमाडौं:यु १९ नेपाली महिला टोलीले विश्वकपका साथै यु १९ एसिया कपका लागि पनि छनोट भएको छ ।
बुधवार युनाइटेड अरब इमिरेट्स(युएई) लाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । विश्वकपका साथ नेपालले आगामी महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट भएको छ ।
१४ देखि २१ डिसेम्बर सम्म मलेसियामा आयोजना हुने यु १९ एसिया कपमा नेपाल सहित ६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ ।
यस समूहमा नेपालसंगै पाकिस्तान र भारत रहेका छन् । समूह ए मा भने श्रीलंका, बंगलादेश र आयोजक मलेसिया रहेका छन् ।
नेपालले मंसिर ३० (डिसेम्बर १५) मा पाकिस्तान र पुस १ (डिसेम्बर १६) मा भारतकाे सामना गर्नेछ।


