बैतडी: नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको नियमित बैठक जेठ ५ गते बस्ने भएकाे छ। बैठक शिवनाथ गाउँपालिकाकाे सुल्लेखानका बस्ने नेपाली कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्दले जानकारी दिनुभयाे।
उक्त बैठकमा उपस्थित भइदिन जिल्लाकार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्य र आमन्त्रित सदस्यहरूलाई अनिवार्य गरिएको छ।
यसका साथै लगातार ३ वटा बैठकमा उपस्थित नहुने पदाधिकारी एवं सदस्यहरूका बारेमा गम्भीर छलफल गरि आवश्यक निर्णय गरिने समेत जनाइएको छ।
बैठकमा संगठन सुदृढीकरण,बिस्तार,पार्टी र जनताबीच सम्बन्ध बढाउनेलगायतका विषयमा छलफल हुने सचिव चन्दले बताउनुभयो ।
नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै स्थानीय तहमा जिल्ला कार्यसमितिको बैठक राख्ने निर्णय गरेअनुसार शिवनाथमा बैठक बस्न लागेकाे हाे। गत महिना बसेकाे जिल्ला कार्यसमितिकाे बैठक पुर्चाैडी नगरपालिकामा बसेकाे थियाे।


