बैतडी: बैतडीको दोगडाकेदार ३ श्रीकोट खिरेगाउँमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिरमा आज राति जात्रा लाग्ने भएको छ। कात्तिक २१ गतेदेखि देखि पूजन कार्य सुरु भएकोमा आज राति जात्रा लाग्ने भिटाकेदार मन्दिरका धामी प्रेमसिंह धामीले जानकारी दिनुभयाे।
कात्तिक २१ गते भण्डारघर गाेयलागाउँबाट भण्डार मन्दिरमा लगेसंगै मन्दिरमा पुजन कार्य सुरु भई ५ दिनसम्म पुजाआजा गरि आज राति जात्रा हुन लागेको भिटाकेदार मन्दिरका भण्डारे बिरभान सिंह विष्टले बताउनुभयो ।
भिटाकेदार मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्लपञ्चमीदेखि शुक्लनवमीसम्म पुजाआजा हुने गरेको छ।
भिटाकेदार मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने विश्वास रहेको छ ।
भिटाकेदार मन्दिरमा हुने जात्रामा दोगडाकेदार गाउँपालिकाका साथै छिमेकी पालिकाबाट पनि दर्शनार्थी आउने गरेका पुजारी धर्मानन्द जाेशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कार्तिक शुक्ल पक्षभरी विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा हुने गरेका छन् ।
