बैतडी:बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्राकाे राैनक छाएकाे छ। जिल्लाकाे दशरथचन्द नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्राको राैनक छाएको हाे।
शनिबारदेखि सुरूभएकाे जात्रा आइतबार सम्पन्न हुने स्थानीय राजेन्द्र थापाले जानकारी दिनुभयाे।
त्रिपुरासुन्दरी मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ।
यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।
यसैबीच जात्राको लागि दशरथचन्द नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ ।
त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक बिदा दिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले बताउनुभयो ।
