सुदूरपश्चिममा लेभल ओ तालिम सञ्चालनमा

बैतडी: सुदूरपश्चिम प्रदेशमा अम्पायर तथा स्काेररकाे लेभल ओ तालिम सञ्चालन गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानकाे प्राविधिक सहयाेग तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा डाेटीमा तालिम सञ्चालन गरिएको हाे।

सुदूरपश्चिम खेलकुद परिषद्काे आर्थिक सहयोगमा शुरू भएकाे तालिमको बिहीबार एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभयाे।

शनिबारसम्म सञ्चालन हुने तालिममा प्रदेशभरीका ४८ जनाकाे सहभागीता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले जानकारी दिनुभयो । प्रत्येक जिल्लाबाट कम्तीमा ४ जना सहभागी रहेका र जसमा एकजना महिला अनिवार्य रहेका छन्।

तालिममा प्रशिक्षकका रूपमा समीर खान र राजेन्द्र बहादुर चन्द रहनुभएकाे छ।
समापन समाराेहमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह लगायतको उपस्थिति रहने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!