च्याम्पियन बनेको सुदूरपश्चिमकाे टाेली बुटवलमा सम्मानित

बैतडी: नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपाधि जितेकाे सुदूरपश्चिम प्रदेशकाे टाेली सम्मानित भएकाे छ।

टाेलीलाई आज सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले बुटवलमा एक कार्यक्रमकाबीच नगद २५ हजार सहित सम्मान गरेकाे हाे।

सुदूरपश्चिम नाम उच्च राख्दै राष्ट्रिय प्रतियोगिताकाे उपाधि जितेकाेले सम्मान गरिएको जनाएको छ।

सम्मानले खेल क्षेत्रमा लागिरहन उत्प्रेरणा मिलेकाे सुदूरपश्चिम प्रदेशका टाेलीका कप्तान हेमन्त धामीले बताउनुभयो ।

सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारी,सुदूरपश्चिम टिमका प्रशिक्षक धिरेन्द्र चन्द,व्यवस्थापक किसन महत, सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्त,सचिव धिर बहादुर कार्कीलगायतको उपस्थिति रहेकाे थियोे ।

सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि गतवर्ष प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न भैरहवा पुगेकाे सुदूरपश्चिम टाेलीलाई पनि सम्मान गरेको थियाे।

सुदूरपश्चिमले कात्तिक २१ गते विराटनगरमा सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले हराउदै च्याम्पियन बनेकाे थियोे । सुदूरपश्चिम लगातार दाेस्राे पटक च्याम्पियन बनेकाे हाे।

कातिक १० गतेदेखि सुरू भएको प्रतियोगितामा
सातवटै प्रदेशको सहभागीता रहेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!