कैद सजाय सुनाएका फरार प्रतिवादी पक्राउ 

बैतडी: लागू औषध (चरेश) मुद्दाका फरार रहेका प्रतिवादी बैतडीबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका –५ का ३५ वर्षीय सुरेशबहादुर विष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयो ।
फरार रहेका विष्टलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका –४ छेलाबाट पक्राउ गरेकाे हाे ।
जिल्ला अदालत बैतडीले विष्टलाई चरेश मुद्दामा ४ महिना १९ दिनको कैद सजाय र २ हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि विष्टलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका विष्ट हिरासतमै रहेका र उनलाई आइतबार अदालतमा उपस्थित गराएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!