काठमाडौं: यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा नेपालले लगातार दाेस्राे जित निकालेको छ।
पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले आज दाेस्राे खेलमा कुवेतमाथि १०८ रनकाे विशाल जित निकाल्याे।
नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रन मात्रै बनाउन सक्यो।
एसिया छनोट प्रतियोगितामा नेपाल र आयोजक युएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। छनोट खेल्ने अन्य दई टोलीमा थाइल्याण्ड र कुवेत छन्।
चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ। हरेक टोलीले अर्को टोलीसँग २–२ खेल खेल्नेछन्।
डबल राउण्ड रोविनको खेलहरु पछि धेरै अंक जोड्दै विजेता बन्ने एक टिम अर्को वर्ष मलेसियामा हुने आईसीसी यू १९ महिला टी २० विश्वकपका लागि छनोट हुनेछ।
