यू-१९ महिला विश्वकप एसिया छनोट: नेपालकाे विजयी सुरूवात

काठमाडौं: यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको छ।

नेपालले दिएकाे १०३ रनको लक्ष्य पछ्याएकाे थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयाे।

यसअघि थाइल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्न निम्त्याएपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन जोड्न सक्यो।

कप्तान पूजा महतोले सर्वाधिक ३५ रन जोडिन्। त्यस्तै सोनु पाख्रिनले १९, सामीना केसीले १९ तथा साना प्रविनले ५ रन जोडिन्।

एसिया छनोट प्रतियोगितामा नेपाल र आयोजक युएईसहित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। छनोट खेल्ने अन्य दई टोलीमा थाइल्याण्ड र कुवेत छन्।

चार टोलबीच डबल राउण्ड रोविन आधारमा खेलहरु हुनेछ। हरेक टोलीले अर्को टोलीसँग २–२ खेल खेल्नेछन्।
डबल राउण्ड रोविनको खेलहरु पछि धेरै अंक जोड्दै विजेता बन्ने एक टिम अर्को वर्ष मलेसियामा हुने आईसीसी यू १९ महिला टी २० विश्वकपका लागि छनोट हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!