बैतडी: सुदूरपश्चिम प्रदेश, नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे फाइनलमा पुगेको छ।
आज सम्पन्न खेलमा काेशी प्रदेशमाथि १२३ रनकाे विशाल जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेकाे हाे ।
जितका लागि १८४ रनकाे लक्ष्य पछ्याएकाे काेशी २२.३ ओभरमा ६० रनमा अलआउट भयाे ।
उसका कप्तान साैजन घिमिरेले २६,आशिष मगरले १३ रन जाेड्नबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
काेशीकाे पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच समेत चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सचिनले ६ ओभर बलिङ गर्दै २ मेडनसहित ७ रन खर्चेर ५ विकेट हात पारे।
यस्तै नरेन साउँदले ४ विकेट झारे।
यसअघि मार्लिबाेन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ सुदूरपश्चिम ४७.३ ओभरमा १८३ रनमा समेटियो ।
जसमा युवराज खत्रीले ४४,अभिषेक थापाले ३७ रन हिर्काए।
काेशीका साैजन घिमिरेले ४ विकेट चट्काए।
सुदूरपश्चिम याे जितसंगै ६ खेलबाट १० अंकका साथ अंकतालिकाकाे दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेकाे हाे।
अंकतालिकाकाे शिर्षस्थानमा रहेकाे लुम्बिनी प्रदेशसंग सुदूरपश्चिमकाे उपाधि भिडन्त हुनेछ।
उपाधि भिडन्त बुधबार हुनेछ।
सातवटै प्रदेशको सहभागीता रहेको प्रतियोगिता सिङ्गल राउण्ड रोविनमा सञ्चालन भएकाे र शीर्ष २ टोली फाइनल खेल्न लागेका हुन्।
