काठमाडौं:
हङकङ सिक्सेसमा नेपालले दाेस्राे जित निकालेकाे छ। पहिलाे खेलमा इङगल्याण्डलाई हराएकाे नेपालले आज
अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेकाे छ।
यो जितसँगै नेपाल समूह बी काे विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो ।
अस्ट्रेलियाले पूरै ६ ओभर खेल्दै सबै विकेटको क्षतिमा १०० रन बनाएको हो ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बमले एक विकेट हात पारे ।
