यू-१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमकाे तेस्रो जित,फाइनलकाे सम्भावना बलियो

बैतडी: नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेसाे जित निकालेकाे छ।

पहिलाे जितमा ५ कर्णालीलाई विकेट, दाेस्राेमा गण्डकी प्रदेशमाथि ५ विकेटले र तेस्रोमा आज सुदूरपश्चिमले मधेस प्रदेशलाई ११ रनले हरायाे।

सुदूरले दिएको १२० रनकाे विजय लक्ष्य पछ्याएकाे मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयाे। उसका मयन यादवले सर्वाधिक ४७ रन हिर्काएपनि जिताउन सकेनन् ।

सुदूरपश्चिमका नरेन साउदले ४,कप्तान हेमन्त धामी र सचिन भट्टले २/२ विकेट हात पारे।

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनकाे याेगदान गरे।
मधेसका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे।
जितसंगै सुदूरपश्चिम ४ खेलबाट ६ अंकका साथ दाेस्राे स्थानमा यथावत छ। मधेस भने चाैथाे स्थानमा छ।

कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!