धनगढी स्पाेट्स क्लब लिग: दिलिप केक हाउस च्याम्पियन

बैतडी: कैलालीको धनगढीमा सम्पन्न धनगढी स्पाेट्स क्लब लिगकाे उपाधि दिलिप केक हाउसले हात पारेकाे छ।

आज सम्पन्न फाइनल खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३० रनले स्तब्ध पार्दै हाउसले उपाधि रक्षा गरेकाे हाे ।
उपाधिसंगै हाउसले ५० हजार पुरस्कार पायाे।

उपविजेता बनेकाे दिलिप केक हाउसले ३० हजारमा चित्त बुझायाे।

फाइनलमा हाउसले दिएकाे १२१ रनकाे विजय लक्ष्य पछ्याउने क्रममा एकेडेमी १८.१ ओभरमा ९० रनमा अलआउट भयाे । उसका हृदय विठारीले २७ र कप्तान शेर मल्लले १६ रन हिर्काएपनि टाेलीलाई जिताउन सकेनन् ।
हाउसका लागि आयुव चन्द र प्रकाश सुनारले ३/३ विकेट लिए।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेकाे हाउसले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिका १२० रन बनायाे। जसमा आयुव चन्दले २७ र सुशील खड्काले २१ रनकाे याेगदान गरे ।
एकेडेमीका राेशन रावल र धर्मराज जाेशीले २/२ विकेट झारे।
हाउसका लागि अलराउन्डर प्रदर्शन गर्दै च्याम्पियन बनाउन सफल भएका आयुव चन्द म्यान अफ द फाइनल चुनिए।

यसैबीच वेस्टर्न क्रिस्टल एकेडेमीका कप्तान समेत रहेका शेर मल्ल म्यान अफ द सिरिज भए। उनले १० हजार पुरस्कार पाए।

दिलिप केक हाउसका याेगेश भट्ट बेस्टर ब्याटर र साेही टिमका आयुव चन्द बेस्ट बलर भए। दुबैले समान ५/५ हजार पुरस्कार जिते।

विजेता, उपविजेता र विभिन्न पुरस्कार पाएका खेलाडीलाई कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्ट,सचिव देवनारायण झा,काेषाध्यक्ष विनाेद लामा,आयाेजक धनगढी स्पाेट्स क्लबका सचिव नुरेन अन्सारीलगायतले पुरस्कार वितरण गर्नुभयाे।

धनगढी स्पाेट्स क्लबकाे आयाेजनामा प्रतियोगिता कात्तिक १० गतेदेखि शुरू भएकाे थियाे।

Oplus_131072

Oplus_131072

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!