यू-१९ राष्ट्रिय क्रिकेट: सचिन चम्किदा सुदूरकाे जित,दाेस्राे स्थानमा उक्लियाे

बैतडी: नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दाेस्राे जित दर्ता गरेकाे छ।

पहिलाे जितमा ५ कर्णालीलाई विकेटले हराएकाे सुदूरपश्चिमले आज दाेस्राेमा गण्डकी प्रदेशमाथि ५ विकेटकाे जित निकाल्याे ।

गण्डकीले दिएकाे १०३ रनकाे लक्ष्य सुदूरले २६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायाे।

जसमा आशिष लुहारले ३९,युवराज खत्रीले अविजित २७ र नरेन साउदले २० रनकाे विजयी इनिङ खेले ।
गण्डकीका अप्रजित पाैडेलले ३ विकेट लिए।

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेकाे गण्डकी ३६.५ ओभरमा १०२ रनमा अलआउट भयाे। उसका कप्तान अर्जुन कुमालले ३५ रन हाने।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिम सचिन भट्टले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे।

म्यान अफ द म्याच समेत चुनिएका सचिनले ८.५ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ५ विकेट हात पारेका हुन्।
यस्तै कप्तान हेमन्त धामी र युवराज खत्रीले २/२ विकेट झारे।

याे जितसंगै ३ खेलबाट ४ अंक जाेड्दै अंकतालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ। गण्डकी र मधेशकाे पनि समान ४ अंक भएपनि क्रमशः तेस्राे र चाैथाे स्थानमा छन्।
चार खेलबाट आठ अंकका साथ लुम्बिनी शिर्ष र अंकविहीन कर्णाली पुछारमा छ।

कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!