धनगढी स्पाेट्स क्लब लिग: दिलिप केक र वेस्टर्न क्रिस्टल फाइनलमा

बैतडी: कैलालीको धनगढीमा जारी धनगढी स्पाेट्स क्लब लिगकाे उपाधिका लागि दिलिप केक हाउस र वेस्टर्न क्रिस्टल एकेडेमी भिड्ने भएका छन्।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा बाेराडाडी युवा क्लबलाई २ विकेटले पराजित गर्दै हाउस फाइनलमा पुग्याे ।

बाेराडाडीले दिएकाे ११७ रनकाे लक्ष्य हाउसले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । जसमा अविनाश सिंहले अविजित ३३ रनकाे याेगदान गरे।

बाेराडाडीका अमित पडालले ४ विकेट लिए।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेकाे बाेराडाडीले २० ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनायाे ।
उसका वसन्तसिंह कार्कीले ३१ रन जाेडे। हाउसका अविनाश सिंह म्यान अफ द म्याच चुनिए ।

आजै सम्पन्न अर्काे सेमिफाइनल खेलमा आगन वारियर्सलाई ४ विकेटले स्तब्ध पार्दै वेस्टर्न क्रिस्टल एकेडेमीले पनि फाइनलमा स्थान सुरक्षित गरेकाे छ।

जितका लागि पाएकाे ९७ रनकाे लक्ष्य एकेडेमीले १३.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे ।
म्यान अफ द म्याच समेत भएका कप्तान शेर मल्लले ४१ रनकाे विजयी इनिङ खेले।

यसअघि पहिला ब्याटिङ गरेकाे वारियर्सले बसन्त भट्टकाे ३६ रनकाे मद्दतमा १९.१ ओभरमा ९६ रनमा अलआउट भयाे । एकेडेमीका कप्तान शेर मल्ल र धर्म जाेशीले ३/३ विकेट झारे।

कात्तिक १० गतेदेखि शुरू भएकाे प्रतियोगिताकाे फाइनल खेल शुक्रबार हुनेछ।

विजेताले ५० हजार,उपविजेताले ३० हजार,म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले ५/५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!