बैतडी: बैतडीको पाटनमा सम्पन्न चौथो संस्करणको पाटन प्रिमियर लिगकाे उपाधि काेइनाेडा टिम गुरूखाेला लायन्सले हात पारेकाे छ।
आज सम्पन्न उपाधि भिडन्तमा पाटन भ्याली क्रिकेट क्लबलाई ४५ रनले पराजित गर्दै गुरूखाेला च्याम्पियन बन्याे ।
च्याम्पियनसंगै गुरूखाेलाले १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र पायाे भने भ्यालीले
५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रमा चित्त बुझायाे।
श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे गुरूखाेलाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९५ रन बनायाे।
जसमा निराजन गाैतमले अर्धसतकीय इनिङ खेल्दै ९८ रनमा अविजित रहे। अशाेक विष्टले ३४,कल्पेस चन्दले २०,आयुश चन्दले १३ रन हिर्काए।
भ्यालीका सन्दीप खत्री ३ र टेकराज जाेशीले २ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रेकाे भ्याली २० ओभरमा १५० रनमा अलआउट भयाे। उसका सन्दीप विष्ट ४६ र दीपक टमटाले ३३ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन् ।
गुरूखाेलाका प्रदीप चन्दले ३,विकास आग्री र कप्तान वसन्त खत्रीले २/२ विकेट लिए।
गुरूखाेलाका निराजन गाैतम म्यान अफ द फाइनल चुनिएका स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे।
यसैबीच प्रतियोगिताभर ३५० रन र १ विकेट हात पारेका पञ्चेश्वर गाउँपालिकाका अभिषेक पाल म्यान अफ द सिरिज चुनिए। उनले म्यान अफ द सिरज वाफत १२ हजार ३४५ पुरस्कार पाए।
गुरूखाेलाका तर्फबाट खेलेर ३७२ रन हिर्काएका निराजन गाैतम बेस्ट ब्याटर र आयाेजकका तर्फबाट खेल्दै १२ विकेट लिन सफल भएका सुभाष विष्ट बेस्ट बलर भए। दुबैजनाले समान ६ हजार ७८९ पुरस्कार पाए।
पाटन भ्याली क्रिकेट क्लबका टेकराज जाेशी उदयीमान, किम्ताेली क्रिकेट क्लबका हरिश चन्द भेट्रान खेलाडी,अनुशासित टाेलीकाे रूपमा सिगास गाउँपालिकाले पुरस्कार पायाे ।
विजेता,उपविजेता तथा विभिन्न पुरस्कार पाउने खेलाडीहरूलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द,जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी,पाटन नगरपालिकाका प्रमुख गाैरीसिंह रावल,सुर्नया गाउँपालिकाका अध्यक्ष अमर कुँवर,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्द,आयाेजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दलगायतले पुरस्कार वितरण गर्नुभयाे।
समापन समारोहमा बाेल्दै क्यानका अध्यक्ष चन्दले खेल पुर्वाधार निर्माणमा सरकार गम्भीर नभएकाे आराेप लगाउनुभयाे। उहाँले भन्नुभयो,” क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान बनाउन सफल भएकाे छ। तर खेल पुर्वाधार अभाव छ। सरकारले खेल पुर्वाधार निर्माणमा गम्भीर बन्नुपर्छ।”
खेलमा राजनीति गर्न नहुनेमा पनि उहाँको जाेड रहेकाे छ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टाेलीकाे सहभागीता रहेको थियो ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

