काठमाडौं:विश्वकप लिग टु मा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। स्कटल्याण्डले पहिलो ब्याटिङ गर्दै १५४ रन बनाएको थियो।
स्कटल्याण्डको पारीमा सबैभन्दा धेरै ३४ रन बनाएका खेलाडीलाई नेपालका सोमपाल कामीले उत्कृष्ट यर्कर बलिङ गर्दै आउट गरे। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिदा करण केसी, सोमपाल कामी र गुलसन झे दुई दुई विकेट लिए।
स्कटल्याण्डको पारि ४१.४ ओभरमा १५४ रनमा समेटियो । १५५ रनको जवाफमा नेपालका ओपनर अनिल कुमारले आक्रामक सुरुवात गर्दै तेस्रो बलमै स्कटल्याण्डका ब्राड कर्रीलाई छक्का प्रहार गरे। तर, अनिल कुमार १३ रनमा म्याकमुलनको बलमा एलबीडब्लु आउट भएसँगै नेपालको ओपनिङ जोडी ३२ रनमै भंग भयो।
कुशल मल्लले ७ रन मात्र बनाउन सके र उनलाई पनि कर्रीले एलबीडब्लु आउट गर्दै स्कटल्याण्डका ओपनिङ बलरले नेपालको शीर्षक्रममा दबाब कायम गरे
त्यसपछि आसिफ शेख र रोहित पौडेलले केही सम्हालिएर खेल्दै टिमलाई ६० रनको स्थितिमा पुर्याए, तर दुबै खेलाडी छिट्टै आउट भए। आसिफ शेखले २१ रन बनाउँदै वाटको बलमा क्याच आउट भए भने पौडेलले मात्र १ रन बनाएर म्याकमुलनको बलमा स्लिपमा आउट भए।
दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि महत्वपूर्ण ३७ रनको साझेदारी गर्दै नेपालको इनिङलाई पुनः सम्हाल्न सफल भए। ऐरीले २५ रन बनाएर आउट भए भने आरिफ शेखले लगातार चौका र छक्का प्रहार गर्दै नेपालको जित नजिक पुर्याए।
नेपाललाई जितका लागि अन्तिम रन चाहिएको बेला आरिफ शेखले शानदार चौका प्रहार गर्दै न केवल नेपाललाई जित दिलाए,उनले ५० रनको व्यक्तिगत स्कोर पनि पुरा गरे।
नेपालले २९.५ ओभरमा ५ विकेटमा जित निकालेको थियो । नेपालले गत फेब्रुअरीमा जित निकाले पछि पहिलो जित हात पारेको हो।
