राष्ट्रिय स्वतन्त्र पार्टीको बैतडीमा विराेध प्रदर्शन

बैतडी:राष्ट्रिय स्वतन्त्र पार्टीले बैतडी सदरमुकाममा आज विराेध प्रदर्शन गरेकाे छ । पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन गरिएको हाे।

शाहिलेकबाट शुरू भएकाे विराेध र्याली गाेठलापानी हुँदै गढी पुगेर काेणसभामा परिणत भएकाे उक्त पार्टीका जिल्ला संयाेजक भीम नाथले जानकारी दिनुभयाे।

काेणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सन्थन विभागका सदस्य भाेजराज जाेशी क्वालिटीले सम्बाेधन गर्नुभयाे।

सम्बाेधनका क्रममा उहाँले रवि लामिछानेकाे रिहाइकाे माग गर्नुभयाे। सत्यतथ्य छानविन गरि सहकारीपीडितलाई न्यायकाे माग गर्नुभयाे।

राजनीतिक प्रतिशाेध बन्द गर्न सरकारलाई दबाव दिनुका साथै वैकल्पिक शक्तिलाई सक्ने चलखेल सम्भव नरहेकाे उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!