बैतडी: कैलालीको धनगढीमा जारी धनगढी स्पाेट्स क्लब लिग अन्तरगत आज भएका खेलमा घाेडाघाेडी क्रिकेट एकेडेमीले राेमाञ्चक जित निकालेको छ।
घाेडाघाेडीले दिलिप क्याफे हाउसमाथि ४ रनकाे राेमाञ्चक जित निकालेको हाे।
जितका लागि १२६ रनको लक्ष्य पछ्याएकाे दिलिप क्याफे १८.१ ओभरमा १२१ रनमा अलआउट भयो ।
जसमा सुवास ऐरले सर्वाधिक ४१ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् ।
घाेडाघाेडीका भुपेश जाेशी र कुञ्जन आचार्यले ३/३ विकेट हात पारे।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको घाेडाघाेडीले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायाे।
प्रवेश साउँदले अविजित ३९ र आकाश विष्टले ३७ रनकाे याेगदान गरे।
दिलिप क्याफेका आयुव चन्दले ३ विकेट लिए।
घाेडाघाेडीका कुञ्जन आचार्य म्यान अफ द म्याच चुनिए ।
कात्तिक १० गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ।
विजेताले ५० हजार,उपविजेताले ३० हजार,म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले ५/५ हजार पुरस्कार दिइनेछ ।
