धनगढी स्पाेट्स क्लब लिग: वेस्टर्न क्रिस्टल र आगनकाे जित

बैतडी: कैलालीको धनगढीमा जारी धनगढी स्पाेट्स क्लब लिग अन्तरगत आज भएका खेलमा वेस्टर्न क्रिस्टल एकेडेमी र आगन वारियर्स विजयी भएका छन्।

एकेडेमीले घाेडाघाेडी क्रिकेट एकेडेमीलाई ८ विकेट र रेडियम क्रिकेट क्लबलाई १७ रनले हराउँदै आगनले दाेस्राे जित दर्ता गर्याे।

जितका लागि पाएकाे ५१ रनको विजयी लक्ष्य आगनले ८.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायाे।
म्यान अफ द म्याच भएका राेशन रावलले ३ विकेट लिए।

यस्तै अर्काे खेलमा आगनले दिएकाे १३८ रनकाे लक्ष्य पछ्याएकाे रेडियमले १२१ रन मात्रै बनाउन सक्याे। प्लेयर अफ द म्याच भएका लाेकेश जाेशीले ४२ रन र २ विकेट हात पारे।

कात्तिक १० गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ।
विजेताले ५० हजार,उपविजेताले ३० हजार,म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले ५/५ हजार पुरस्कार दिइनेछ ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!