पन्ज्युनयाँ क्रिकेट लिग: उपाधिका लागि बस्काेट र हुनैनाथ मालिकार्जुन भिड्ने

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधिका लागि बस्काेट सुपर किङस बी र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब भिड्ने भएका छन्।

आज सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेकाे आयाेजक शुसितम युवा क्लबमाथि ४ विकेट जित निकाल्दै बस्काेटले फाइनलकाे यात्रा सुरक्षित गर्याे।

जितका लागि पाएकाे १५२ रनकाे लक्ष्य बस्काेटले १७.२ ओभरमा ६ विकेटकाे क्षतिमा भेट्टायाे। जसमा सागर कन्यालले अविजित ४१ र गाैतम धामीले ३८ रनकाे याेगदान गरे।
शुसितमका पञ्कज पन्तले २ विकेट लिए।

यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे शुसितमले २० ओभरमा अलआउट हुँदै १५१ रन बनायाे।
उसका पञ्कज पन्तले ४५ रन हिर्काए।
बस्काेटका लागि प्रदीप लाराले ५ विकेट लिए । लारा म्यान अफ द म्याच समेत चुनिए।

आजै सम्पन्न अर्काे सेमिफाइनलमा बस्काेट सुपर किङ्स ए लाई ६ विकेटले हराउदै हुनैनाथ मालिकार्जुन फाइनलमा पुगेकाे छ।

फाइनल खेल साेमबार बिहान १० बजेपछि हुने आयाेजक शुसितम युवा क्लबले जनाएको छ।

असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगितामा १९ टाेलीकाे सहभागीता रहेकाे थियाे।

फाइनल तथा समापन समाराेहमा दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्कीलगायतकाे उपस्थिति रहने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।

उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!