पाटन प्रिमियर लिगः पञ्चेश्वरकाे विशाल जित, सेमिफाइनलकाे दाबी

बैतडी: बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिगकाे सुपर सिक्सकाे खेलमा पञ्चेश्वर गाउँपालिकाले विशाल जित निकालेकाे छ।
आज सम्पन्न खेलमा आयाेजक पाटन क्रिकेट क्लबलाई ८० रनले हराउदै पञ्चेश्वरले सेमिफाइनलकाे दाबी समेत गरेकाे छ।

जितका लागि पाएकाे २१० रनकाे लक्ष्य पछ्याएकाे पाटन १७.२ ओभरमा १२९ रनमा समेटियो ।
उसका सुमित बुडालले ५२ रनकाे अर्धसतकीय पारी खेले ।
पञ्चेश्वरका हिक्मत महरा र दिनेश महराले ३/३ र विरेन्द्र नाथले २ विकेट झारे।

यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे पञ्चेश्वरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनायाे । जसमा वसन्त कार्की र विरेन्द्र नाथले अर्धसतकीय पारी खेले ।वसन्तले ९८ र विरेन्द्रले ५९ रन बनाए।
पाटनका निरज विष्टले २ विकेट हात पारे।
पञ्चेश्वरका वसन्त कार्की खेलका प्लेयर अफ द म्याच चुनिएका स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता छ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!