बैतडी: कैलालीको धनगढीमा आजदेखि धनगढी स्पाेट्स क्लब लिग सुरु भएकाे छ। फाप्ला मैदानमा सुरू प्रतियोगिताकाे पहिलाे दिन दुई खेल सम्पन्न भएका छन्।
जसमा दिलिप क्याफे हाउस र आगन वारियर्स विजयी भएका छन्।
पहिलाे खेलमा दिलिप क्याफेले वेस्टर्न क्रिस्टल एकेडेमीलाई ३ विकेटले हरायाे।
जितका लागि पाएकाे १३४ रनकाे लक्ष्य १९.३ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्याे । जसमा सुवास ऐरले सर्वाधिक ३६ रनकाे याेगदान गरे। एकेडेमीका कप्तान शेर मल्लले ३ विकेट लिए।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेकाे एकेडेमीले जीवन थलालकाे ६३ रनकाे मद्दतमा २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनायाे।
क्याफेका अभिनाश सिंहले ३ विकेट झारे।
आज सम्पन्न अर्काे खेलमा आगनले बाेराडाडी युवा क्लबलाई ७ विकेटले स्तब्ध पार्याे।
८९ रनकाे लक्ष्य आगनले कृष्ण भट्टकाे ४२ रनकाे मद्दतले १६.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायाे।
बाेराडाडीका विक्रम ठगुन्नाले ३ विकेट हात पारे।
यसअघि पहिला ब्याटिङ गरेकाे बाेराडाडी १५.१ ओभरमा ८८ रनमा अलआउट भयाे ।
यसअघि एक कार्यक्रमकाबीच प्रतियोगिताकाे उद्घाटन गरिएकाे धनगढी स्पाेट्स क्लबका सचिव नुरेन अन्सारीले जानकारी दिनुभयाे।
उद्घाटन समाराेहमा कैलाली जिल्ला खेलकुद संघका अध्यक्ष ललित सिंह, कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा,काेषाध्यक्ष विनाेद लामालगायतकाे उपस्थिति रहेकाे थियाे।
आजदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ।
विजेताले ५० हजार,उपविजेताले ३० हजार,म्यान अफ द सिरिजले १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले ५/५ हजार पुरस्कार दिइनेछ ।

