बैतडी: बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिगकाे सुपर सिक्समा आयाेजक पाटन क्रिकेट क्लबले शानदार शुरूवात गरेकाे छ।
शानदार शुरूवात गर्ने क्रममा पाटनले कुलगडे क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्याे।
कुलगडेले दिएकाे ५६ रनकाे झिनाे लक्ष्य पाटनले ४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे। जसमा सचिन साउदले २४ र सुमित बुडालले १४ रनकाे याेगदान गरे ।
कुलगडेका सुरज ठगुन्नाले १ विकेट लिए।
यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे कुलगडे ११.१ ओभरमा ५५ रनमा अलआउट भयाे । पञ्कज लुहारले १७ रन जाेड्नुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन्।
कुलगडेकाे पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच भएकाे पञ्कज पन्तले ३, शुभाष विष्ट र सुशील भाटले २/२ विकेट हात पारेका स्काेरर तिलक बाेहराले बताउनुभयो ।
याे जितले पाटनकाे सेमिफाइनल पुग्ने सम्भावना निकै रहेकाे छ।
यसअघि आजै सम्पन्न अर्काे सुपर सिक्सकाे खेलमा
पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै काेइनाेडा गुरूखाेला लायन्सले फराकिलाे जित दर्ता गरेकाे थियाे ।
प्रतियाेगिता अन्तरगत आइतबार पनि सुपर सिक्सका दुई खेल हुनेछन् ।
पहिलाे खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिका खेल्दा दाेस्राेमा पाटन भ्याली क्रिकेट क्लब र निङलाशैनी क्रिकेट क्लबबीच भिडन्त हुनेछ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता छ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
