पन्ज्युनयाँ क्रिकेट: क्वाटरफाइनल पुग्ने सबै टाेलीकाे टुंगो

आजदेखि क्वाटरफाइनलका खेलहरू हुँदै

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे क्वाटरफाइनल समीकरण पूरा भएकाे छ ।
समूह ए बाट बस्काेट सुपर किङस ए र न्वाली किङ्स तथा समूह बी बाट बस्काेट सुपर किङ्स बी र आयाेजक शुसितम युवा क्लब ए क्वाटरफाइनल पुगेका छन्।
यस्तै समूह सी बाट हुनैनाथ मालिकार्जुन क्रिकेट टिम र आरती सप्लायर्स तथा समूह डी बाट चम्तडी स्टार र आयाेजक शुसितम युवा क्लब बी टिम अन्तिम आठमा सुरक्षित भएका छन्।

यसैबीच क्वाटरफाइनल फाइनलका खेलहरू आजदेखि हुँदेछन।
पहिलाे क्वाटरफाइनलमा बस्काेट ए र आरती सप्लायर्स तथा दाेस्राेमा न्वाली र हुनैनाथ मालिकार्जुन भिड्नेछन् ।

यसका साथै भाेलि हुने पहिलाे क्वाटरफाइनलमा बस्काेट बि र शुसितम बी तथा दाेस्राेमा चम्तडी स्टार र शुसितम ए भिड्नेछन् ।

असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।
। प्रतियोगितामा सहभागी १९ टाेलीलाई ४ समूहमा विभाजन गरि खेलहरू भएका हुन् ।

उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!