पाटन प्रिमियर लिगः निङ्गलाशैनी सुपर सिक्समा प्रवेश,खडक उत्कृष्ट

बैतडी:निङलाशैनी क्रिकेट क्लब,बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) काे सुपर सिक्समा प्रवेश गरेकाे छ।

आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब,सप्रालीलाई ६४ रनले हराएर सुपर सिक्समा प्रवेश गरेकाे हाे ।
जितका लागि पाएकाे २४३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियाे।

उसका अनुराग चन्दले सर्वाधिक ४५ रनकाे याेगदान गरेपनि जितका लागि सम्भव हुन सकेन।
निङलाशैनीका गजेन्द्र बाेहराले ३,खडक बाेहरा र विरेन्द्र चन्दले २/२ विकेट हात पारे।
खडक म्यान अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले बताउनुभयाे।

यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे निङलाशैनीले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा २४२ रन बनायाे।
जसमा दीपक बाेहराले अविजित ७८,खडक बाेहराले ६३ रनकाे याेगदान पुर्याए।
नागार्जुनका धिरज ठगुन्ना,गाेविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले १/१ विकेट हात पारे।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!