बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग अन्तरगत आज सम्पन्न खेलमा आयाेजक शुसितम क्रिकेट क्लब ए र बस्काेट सुपर किङ बी विजयी भएका छन्।
शुसितमले पिपलचाैतारा क्लवलाई ६ विकेटले हरायाे। ५८ रनकाे लक्ष्य शुसितमले ६ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे।
अर्काे खेलमा सेटिगाउँ बहुमुखी क्याम्पसलाई बस्काेट सुपर किङ बी ले १० विकेटले हरायाे।
प्रतियोगितामा चम्तडि स्टार,आयाेजक शुसितम क्रिकेट क्लब बी र बस्काेट सुपर किङ ए क्वाटरफाइनल पुगिसकेका छन् ।
असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।
। प्रतियोगितामा १९ टाेलिकाे सहभागीता रहेकाे छ।
उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
