नेपालद्वारा अमेरिकालाई १७१ रनकाे चुनाैती,कुशलकाे उत्कृष्ट ब्याटिङ

काठमाडौं : नेपाल र अमेरिकाबीचको दोस्रो टी–ट्वेन्टी खेल भइरहेकाे छ। डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनायाे।
कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। कुशलले अविजित ९२ रन जाेडे

नेपाल, एक खेल अगावै सिरिज जित्ने लक्ष्यमाछ । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अल राउन्ड प्रदर्शन गरेपछि पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो। सुरुवाती ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

रोहितले ४९ र दीपेन्द्रले १७ बलमा २८ रन बनाएका थिए। जवाफमा अमेरिका सात विकेटको नोक्सानीमा १ सय ४७ रनमा रोकियो। प्लेयर अफ द म्याच बनेका दीपेन्द्रले तीन विकेट लिएका थिए । क्यानडा भ्रमणमा ओडीआई र टी–ट्वेन्टीमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि आलोचित भएको नेपाल यो सिरिज जित्दै पुनरागमन गर्न चाहन्छ।

अमेरिका भने पहिलो खेलको नतिजा उल्ट्याउँदै नेपाललाई सिरिज च्याम्पियन बन्नबाट रोक्ने प्रयासमा हुनेछ। 

सिरिजपछि नेपालले अमेरिका एसँग ५० ओभरको अभ्यास खेल खेल्नेछ। कात्तिक ९ गतेदेखि डालासमा नै नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग-टू सिरिज खेल्ने तालिका छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!