बैतडी:कुलगडे क्रिकेट क्लब,बैतडीको पाटनमा जारी चाैथाे संस्करणको पाटन प्रिमियर लिगकाे सुपर सिक्समा प्रवेश गरेकाे छ।
कुलगडे समूह डी बाट सुपर सिक्समा प्रवेश गरेकाे हाे । यसअघि समूह ए बाट पाटन भ्याली क्रिकेट क्लब पनि सुपर सिक्समा सुरक्षित भइसकेको छ।
आज भएको खेलमा दिपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दाेस्राे जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो ।
कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दिपचनले १९.१ ओभरमा १२५ रनमा सिमित भयाे। आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
कुलगडेका केशव बोहरा र पंकज लुहारले समान तीन तीन विकेट लिए ।
यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० सय रन बनाएको थियो । कुलगडेका पंकज लुहारले ५२, नविन ठगुन्नाले ४० रन बनाएका बनाए।
दिपचनका प्रकाश चन्द र शंकर टेलरले समान दुई दुई विकेट लिए । कुलगडेका पंकज म्यान अफ द म्याच भएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो ।
यस्तै आजै भएकाे दाेस्राे खेलमा आयाेजक पाटक क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई हराएको छ। पहिला ब्याटिङ गरेकाे पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायाे।
जसमा सुमित बुडालले ६६ र दीपक बाेहराले ४७ रनकाे याेगदान गरे ।
नवजागृतीका सचिन विक र माेहन ठगुन्नाले २/२ विकेट झारे।
जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा अलआउट भयाे। उसका कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
पाटनका सुभाष विष्टले ५ विकेट हात पारे ।
सुभाष प्लेयर अफ द म्याच पनि चुनिए ।
पाटन क्रिकेट क्लबको आयोजनामा असाेज ३० गतेदेखि शुरू भएकाे प्रतियोगितामा १७ टोलीकाे सहभागीता रहेकाे छ। सहभागी टाेलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयाे।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दाेस्राे भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्राे मेलाैली नगरपालिकाले हात पारेकाे थियो ।
