दशौं राष्ट्रिय खेलकुदः बैतडीमा छनाैट शुरू,उद्घाटन भाेलि

बैतडी: दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैतडीको जिल्लास्तरीय छनाैट प्रतियोगिता आजदेखि शुरू भएकाे छ।

छनाैट प्रतियोगिता अन्तरगत आज सदरमुकाममा टेबुल टेनिस,बुद्धिचाल,भारत्ताेलन (महिला,पुरूष) भइरहेको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

खेलहरू आजदेखि शुरू भएपनि प्रतियोगिताकाे औपचारिक उद्घाटन भाेलि एक समाराेहकाबीच गरिने भएकाे छ।

गढीस्थित टुडिखेलमा बिहान साढे ८ बजे हुने उद्घाटन समाराेहमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,दशरथचन्द नगरपालिकाका उपप्रमुख काैसिला चन्द,बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीलगायतकाे उपस्थिति रहनेछ।

कात्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू जिल्लाका विभिन्न मैदानमा फरक फरक मितिमा राखिएको छ।

भाेलि कात्तिक ४ गते कराँते,तेक्वान्दो आइटीएफ,तेक्वान्दो,ब्याडमिन्टन (महिला,पुरूष) सदरमुकाममा, कात्तिक ५ गते उसु,फुल कराँते,कराते(महिला,पुरूष)सदरमुकाममा,कात्तिक ६ गते पुरूष भलिबल देहिमाडाैंमा हुने भएकाे छ।

यसका साथै कात्तिक ७ गते महिला भलिबल,कबड्डी (महिला,पुरूष) पाटनमा,कात्तिक ८ गते एथलेटिक्स (महिला,पुरूष), पुरूष फुटबल, पुरूष बक्सिङ पाटनमा, कात्तिक ९ गते पुरूष क्रिकेट र कात्तिक १० गते महिला क्रिकेट देहिमाडाैंमा सञ्चालन हुने जिल्ला खेलकुद समितिले जनाएको छ।

छनाैट प्रतियोगितामा विभिन्न खेलका गरेर एकहजार खेलाडी सहभागी हुनेछन् ।

जिल्लाबाट छनाैट भएका खेलाडीले प्रदेशस्तरीय छनाैट खेलमा सहभागी हुन पाउनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि कर्णाली प्रदेशमा हुँदैछ ।

Oplus_0

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!