बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे चाैथाे दिन आज
पनि चार खेल सम्पन्न भएका छन्।
पन्ज्युनयाँ खेलमैदानमा सम्पन्न खेलमा चम्तडी स्टार, सलेना सुपर किङ, न्वाली किङस र बस्काेट सुपर किङ ए विजयी भएका छन्।
चम्तडीले आयाेजक शुसितम क्रिकेट क्लब बी टिमलाई ४३ रनले हराउदै प्रतियोगितामा दाेस्राे जित दर्ता गरेकाे हाे । दाेस्राे जितसंगै चम्तडीले क्वाटरफाइनलकाे सम्भावना बलियाे बनाएकाे छ। शुसितम बी भने चारखेलमध्ये पहिलाे हार ब्यहाेरेकाे हाे । आज हार ब्यहाेरे पनि शुसितम यसअघि ३ खेल जित्दै अन्तिम आठमा सुरक्षित छ।
दाेस्राे खेलमा सलेनाले जागृति युवा समाजलाई ४ विकेटले हरायाे । सलेनाले पनि प्रतियोगितामा दाेस्राे जित दर्ता गरेर अन्तिम आठकाे सम्भावना जीवितै राखेकाे छ। जागृति भने प्रतियोगिताबाट बाहिरिएको छ।
तेस्रो खेलमा बस्काेट ए ले हुनैनाथ टाइगर्सलाई ६ विकेटले स्तब्ध पार्याे । बस्काेटकाे याे लगातार चाैथाे जित हाे। लगातार ४ जित निकालेकाे बस्काेट समूह ए काे विजेता बन्दै क्वाटरफाइनलमा सुरक्षित भएकाे छ।
चाैथाे खेलमा न्वाली किङ्सले लेकम टाइगर्सलाई ५६ रन हराएर प्रतियोगितामा दाेस्राे जित दर्ता गर्दै क्वाटरफाइनलमा पुग्ने दाबेदारी पेस गरेकाे छ।
असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।
। प्रतियोगितामा १९ टाेलिकाे सहभागीता रहेकाे छ।
उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
